सोमबार, असोज १२, २०७७
    खेल संसार

    अर्को महिना बेइजिङगमा फुटबल प्रतियोगिता हुने

    सोमबार, १२ श्रावन २०७७, आहाखबर

    काठमाडौं। कोरोनाभाइरसबाट सबैभन्दा पहिले प्रभावित भएको चीनको राजधानी बेइजिङमा अर्को महिना फुटबल प्रतियोगिता हुनेभएको छ। सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार बेइजिङमा ३७ औँ बेइजिङ रात्रि वाइडुई कप हुने भएको हो।

    युवा फुटबल प्रतियोगिताको रुपमा रहेको यस बाइडुई कप आगामी अगस्टको १९ तारिखदेखि शुरु हुने जनाइएको छ। कोरोनाभाइरसको त्रासका कारण कतिपय सुरक्षा सतर्कता अपनाउनु पर्ने अवस्था हुँदाहुँदै पनि फुटबल प्रतियोगिता गर्न लागिएको हो।

    प्रतियोगितामा भाग लिने खेलाडीहरूलाई १५ समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा सहभागिताका लागि अनलाइन फाराम भर्ने म्याद यही जुलाई ३१ मा बन्द हुने भएको छ। -सिन्ह्वा

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast