सोमबार, असोज १२, २०७७
    खेल संसार

    रेनाल्डाेकाे युभेन्ट्सले उचाल्याे लगातार नवौंपटक लिग उपाधि

    सोमबार, १२ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, १२ साउन । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले उपाधि उचालेको छ । यो उसको लगातारको नवौंपटकको उपाधि हो ।

    आइतबार राति भएको खेलमा साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लिग उपाधि जित्न सफल भयो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक–एक गोल गरे ।

    पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ६७औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए । 

    खेल सकिन एक मिनेटअघि युभेन्ट्सले पेनाल्टी पाए पनि उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । च्याम्पियन युभेन्ट्सको ८३ अंक छ । दोस्रो स्थानको इन्टरको ७६ अंक छ । साम्पोडिया ४१ अंकसहित १५औं स्थानमा छ ।
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast