शुक्रबार, असोज ९, २०७७
    कला-सौन्दर्य

    रहेनन् ‘उस्ताद’ साहित्यकार जोशी

    सोमबार, १२ श्रावन २०७७, आहाखबर

    हेटौंडा , १२ साउन।  अग्रज साहित्यकार भोला जोशीको निधन भएको छ।  ‘उस्ताद’ उपनाम पाएका उनका ८० वर्षको उमेरमा घरमै निधन भएको हो। लामो समयदेखि दम र सुगरको रोगी  जोशी आइतबार दिउँसो हेटौंडा–९ सिमेन्टरोड निधन भएको हो ।

    उस्ताद जोशीले ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्यौँ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संगीत भरेका थिए।   सेवानिवृत्त शिक्षक जोशी तबला, बाँसुरी र हार्मोनियम कलामा  समेत अब्बल थिए।  उनको आइतबार नै हेटौंडा–९ स्थित त्रिवेणीधाममा अन्तिम संस्कार गरिएको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast