मंगलवार, असोज १३, २०७७
    राज्य-समाज

    ओलीतिर लाग्‍ने भए मन्त्री र स्थायी कमिटी सदस्य त्याग्‍न लेखराजलाई प्रचण्डकाे चेतावनी

    आईतवार, ११ श्रावन २०७७, आहाखबर

    काठमाडौं, ११ साउन । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका पार्टीका नेताहरूसँग पार्टीभित्रको सङ्कटबारे छलफल गरेका छन् । सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहित ३० जना नेता–कार्यकर्ता शुक्रबार प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

    सुदूरपश्चिमका नेता कार्यकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक र पार्टी सङ्कटापन्न अवस्थामा पुगेको र निकास अनिवार्य भएको बताएको सह–इन्चार्ज खगराज भट्टले बताए ।

    “नेपालको कम्युनिस्ट आन्दोलनको सवलीकरण, सुदृढीकरण, केन्द्रीकरण र त्यसको नेतृत्वको आर्थिक सामाजिक रूपान्तरण दिशामा, राष्ट्रिय सुशासन र समृद्धिको दिशामा देशलाई लैजाने गरी यो पार्टी एकता गरेको हो,” प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, “बलियो कम्युनिस्ट पार्टी निर्माण गर्न, विश्वलाई नवीन सन्देश प्रवाह गर्न पार्टी एकता गरेको हो । तर, केपी ओलीले एकताको यो मर्म आत्मसात् गर्न सक्नुभएन । यो उद्देश्यमा दत्तचित्त नदेखिएकाले माओवादी केन्द्रसँग चुनाव जित्न र प्रधानमन्त्री बन्न दुवै गाह्रो हुने भएकाले गठबन्धन मात्रै गरेको हो कि भन्ने प्रश्न उठेको छ ।”

    भेटमा प्रचण्डले माओवादी केन्द्रलाई हिजोकै दृष्टिकोणबाट हेरेको र विगतको आग्रह–पूर्वाग्रह यथावत् रहेको र त्यसले दुई पार्टीलाई रुपमा जोडिए पनि सारमा मिल्नै नदिएको बताएको भट्टले जानकारी दिए । प्रचण्डले पार्टी चलाउन नपाएको, अध्यक्ष हुँ भन्ने कुनै भाव नै नपलाएको र ओलीको स्वेच्छाचारी प्रवृत्ति टुलुटुल हेर्न विवश भएको गुनासो नेता–कार्यकर्तासँग गरेका थिए ।

    भट्टका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्वमाओवादी केन्द्र समूहका प्रभावशाली नेता मानिएका लेखराज भट्ट ओली खेमामा लागेपछि प्रचण्ड क्षुब्ध बनेका छन् । ४० वर्षको सहकार्यमा लेखराज भट्टलाई भनेको–भनेको जिम्मेवारी दिएको र अहिले पनि अरूलाई उनलाई नै मन्त्रीको भूमिका थमाउँदा पनि विरूद्धमा लागेको भन्दै दुःखमनाउ गरेका थिए । लेखराजले जे भने ज चाहे त्यसैमा साथ र सहयाेग दिएकाे प्रचण्डकाे भनाइ छ । तर अहिले एकशब्द नबोली, सल्लाह नगरी आफैं टाढिएकाे उनले आपत्ती व्यक्त गरेका छन् ।

    लेखराजका गम्भीर समस्या, विचलन देखिन सक्ने र ती कुराबाट आफूलाई जोगाउन ओली क्याम्पमा लागेको र आफूविरूद्ध अभिव्यक्ति दिएको हुनसक्ने प्रचण्डको बुझाइ थियो । प्रचण्ड अर्थात् पूर्वमाओवादी केन्द्रको कोटाबाट स्थायी कमिटी सदस्य बन्ने, मन्त्री पनि बन्ने तर ओलीजीको वकालत गरेकाे गुनासाे गर्दै ओलीतिरै लाग्नु छ भने स्थायी कमिटी सदस्य, मन्त्री पद छाडेर खुलेआम प्रचार गर्न भनेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast