सोमबार, असोज १२, २०७७
    बैंक-बीमा

    अब गरिमा विकास बैंकको खाता अनलाईनबाटै खोल्न सकिने

    शनिबार, १० श्रावन २०७७, आहाखबर

    काठमाडाैं, १० साउन।  गरिमा विकास बैंकले अनलाईनबाट नै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । बैंकका अनुसार ग्राहकले अब अनलाईनबाटै खाता खोलेर आफ्नै खातामा जम्मा हुने गरी रकम पठाउन सक्ने छन् ।  

    अनलाईनबाट खाता खोल्न बैंकको वेबसाईटमा गएर अनलाईन अकाउन्ट ओपनिङमा क्लिक गर्नुपर्ने बैंकले जनाएको छ ।त्यसपछि आफूले खोल्न चाहेको खाताको प्रकार छनौट गर्ने र अनुरोध बमोजिम आफ्नो विवरण भरी कागजात अपलोड गर्नुपर्ने हुन्छ । 

    यति गरेपछि आफ्नो इमेलमा आउने जानकारीका आधारमा सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।गरिमा विकास बैंकले हाल ९१ शखा, ५१ एटीएममार्फत् सेवा दिइरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast