सोमबार, श्रावन १९, २०७७
    मुभी-थिएटर

    दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ आज रिलिज हुँदै

    शुक्रबार, ९ श्रावन २०७७, आहाखबर

    मुम्बई, ९ साउन । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ शुक्रबार (आज) रिलिज हुँदै छ । चलचित्र बेलुका ७ः३० बजे भारत, अमेरिका, यूके र क्यानडाका डिज्नी प्लस हटस्टारका सब्सक्राइबर र ननसब्सक्राइबर दुवैका लागि एकैसाथ प्रिमियर हुँदै छ । 

    निर्माण टिमले सुशान्तलाई समर्पण स्वरूप चलचित्र सबैका लागि निःशुल्क देखाउने घोषणा गरेका छन् । अर्थात् डिज्नी प्लस हटस्टारका ग्राहक नभए पनि चलचित्र हेर्न पाउनेछन् । यस चलचित्र जोन ग्रिनको किताब ‘फल्ट इन आवर स्टार’ र सन् २०१४ मा रिलिज भएको सोही नामको हलिउड चलचित्रको हिन्दी रिमेक हो । 

    कास्टिङ डिरेक्टर मुकेश छाब्राको निर्देशकीय डेब्यु यस चलचित्रमा सुशान्त र सन्जना सान्घी लिड रोलमा छन् । भने सन्जनाको यो देब्यु चलचित्र हो । उनीहरूका साथै सैफ अली खान, स्वस्तिका मुखर्जी र जावेद जफरीको पनि महत्त्वपूर्ण भूमिका रहनेछ ।

    ‘दिल बेचारा’ क्यानसर पीडित किजीको (सन्जना) सपोर्ट ग्रुपमा जानेक्रममा क्यान्सरलाई जित्न सफल म्यानी (सुशान्त) सँग भेट हुन्छ । विस्तारै उनीहरू एक–अर्कासँग नजिकिन थाल्छन् र म्यानीले किजीको हरेक सपना पूरा गरिदिन्छन् । ६ जुलाईमा रिलिज भएको चलचित्रको ट्रेलरले चौबीस घण्टाभित्र धेरै लाइक कमाएर हलिउड चलचित्र ‘एभेन्जर्स एन्ड गेम’ लाई पनि उछिनेको थियो । 

    चलचित्रका गीतहरू कम्पोजर एआर रहमानले गरेका थिए । दुईदिन अघि मात्रै चलचित्रको टिमले सुशान्तलाई सांगीतिक श्रद्धाञ्जलि अर्पण गरेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast