मंगलवार, श्रावन २०, २०७७
    यातायात

    मुग्लिन–पोखरा सडक फेरि अवरुद्ध, २ दिन ठूला सवारी साधन चल्न नपाउने

    शुक्रबार, ९ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, ९ साउन । मुग्लिन–पोखरा सडकखण्डमा सवारी प्रवेशमा रोक लगाइएको छ । अविरल वर्षापछि डाइभर्सन राखी सञ्चालन गरिएको सडक पुनः अवरुद्ध भएपछि २ दिनका लागि ठूला सवारी प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

    बैकल्पिक मार्गमा सवारी साधन फसेर पुनः राजमार्ग अवरुद्ध भएपछि ग्राभेल गर्ने कार्य भइरहेकाले सवारी रोक्नु परेको निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। 

    वैकल्पिक मार्ग मर्मतका लागि सडक डिभिजन कार्यालयका इन्जिनियर, सुरक्षाकर्मीसहितको टोली उक्त स्थानमा पुगेर काम थालेको निमित्त प्रजिअ बरालको भनाइ छ । 


    सडक अवरुद्ध हुँदा भण्डै ४सय भन्दाबढी सवारी साधन रोकिएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast