सोमबार, असोज १२, २०७७
    खेल संसार

    उपाधि नजिक रहेकाे युभेन्टस उडिनेसेसँग पराजित

    शुक्रबार, ९ श्रावन २०७७, आहाखबर

    एजेन्सी। इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक रहेको युभेन्टस १५औं स्थानको उडिनेसेसँग पराजित भएको छ ।

    डेसा एरिनामा बिहीबार राति घरेलु टोली उडिनेसेसँग युभेन्टस २–१ गोलले पराजित भएको हो । 

    उडिनेसेको जितमा ल्लिजा नेस्टोरोभ्स्कीले ५२औँ तथा सेको फोफानाले इन्जुरी समयमा गोल गरे । युभेन्टसका लागि म्याथिस डी लिग्टले ४२औँ मिनेटमै गोल गरे पनि हार भने टार्न सकेनन् । 

    उडिनेसेमाथि जित निकालेको भए ३ खेलअघि नै सिरी ‘ए’को उपाधि युभेन्टसले जित्ने थियो । तर, उडिनेसेसँग हारेकाले उपाधिका लागि ३ अंकको पर्खाइमा रहेको युभेन्टसले अर्को खेलसम्म कुनुपर्ने छ । 


    शीर्षस्थानको युभेन्टसको ८० अंक छ भने उडिनेसे ३९ अंकका साथ १५औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको एटलान्टाको ७४ अंक छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast