शुक्रबार, असोज ९, २०७७
    कला-सौन्दर्य

    नायक राजेश हमालका भाइ राकेश हमालको उपचारका क्रममा निधन

    बिहिवार, ८ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, ८ साउन । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ। अभिनेता हमाललले भाइको मृत्यु एको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।

    उनले भाइको निधनमा दुःख व्यक्त गरेका छन्। राकेश कलेजोका विरामी थिए। राकेशको बुधबार भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समय अगाडि ह्याम्स अस्पतालमै राकेशको कलेजोको प्रत्यारोपण गरिएको थियो। उनी कलेजोका विरामी थिए।

    राकेशको निधनप्रति उनका दाइ राजेश हमालसहितका कलाकारले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन्। राजेश हमालले भाइलाई काकु भनेर सम्बोधन गरी चिर शान्तिको कामना गरेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast