शुक्रबार, असोज ९, २०७७
    कला-सौन्दर्य

    कमेडी च्याम्पियन सिजन–२ को टिजर सार्वजनिक, अडिसनका लागि तयार रहन आग्रह

    मंगलवार, ६ श्रावन २०७७, आहाखबर

    काठमाडौं, ६ साउन । कमेडी च्याम्पियन सिजन–२ को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक टिजरमा अडिसनका लागि तयार रहन आग्रह गरिएको छ ।

    अडिसनको मिति भने टिजरमा उल्लेख गरिएको छैन । यसको तयारी गरिरहेको कमेडी च्याम्यिनका निर्देशक विशाल भण्डारीले बताए । दुई हप्तापछि प्रोमो सार्वजनिक गरिने र यसमै सबै जानकारी दिने उनले बताए ।

    कमेडी च्याम्पियन सिजन–१ को विजेता हिमेश पन्त भएका थिए । यस्तै दोस्रो र तेस्रोमा क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन रहेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast