शनिबार, असोज १०, २०७७
    यातायात

    अविरल वर्षापछि पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    सोमबार, ५ श्रावन २०७७, आहाखबर

    चितवन, ५ साउन । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलो नजिकै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । अविरल वर्षापछि सोमबार बिहान सडकमा ठूलो पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी सूर्यबहादुर थापाले बताए ।

    उनका अनुसार हालसम्म पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भएको छ । पानी पर्न र पहिरो झर्न रोकिएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने उनले जनाकारी दिएका छन् । सडक अवरुद्ध हुँदा दुबैतर्फ सयौं सबारी साधनको लाइन लागेको छ ।

    डीएसपी थापाले सवारी साधनहरु ओभरटेक नगरी आ-आफ्नो सवारीसाधन सुरक्षित स्थानमा रोक्‍न र सडक सुचारु भएपछि मात्रै आफ्नो पूर्ववत यात्रामा अगाडि बढ्न सवारी चालकलाई आग्रह गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast