सोमबार, श्रावन १९, २०७७
    ब्राण्ड/संगठन

    यसरी बनाउनुहाेस् वर्षातमा आफ्नाे स्मार्टफोनलाई वाटरप्रूफ: ३ तरिका

    आईतवार, ४ श्रावन २०७७, आहाखबर

    काठमाडौं, ४ साउन । वर्षात्‌को समय सुरु भइसकेको छ । यस्तो अवस्थामा घरबाट बाहिर जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा फोनको ख्याल राख्नुपर्ने हुन्छ, किनभने तपाईंको फोन वाटरप्रूफ छैन ।

    अन्यथा तपाईंको फोन पानीकै कारण बिग्रिन सक्छ। यद्यपि फोनलाई केही टिप्स तथा सामग्रीबाट वाटर प्रूफ बनाउन सक्नुहुन्छ ।  

    १. वाटरप्रूफ केस

    कतिपय अवस्थामा सुरक्षित राख्न खोज्दा खोज्दै फोनमा पानी छिर्न पुग्छ । यस्तो अवस्थामा, प्रयोगकर्तासँग स्मार्ट कभर हुन जरुरी छ, जसले फोनलाई वाटरप्रूफ बनाइदिन्छ । हामीले यहाँ जुन कभरको कुरा गरिरहेका छौं, त्यसले वर्षात्‌को समयमा फोनलाई पूर्णत सुरक्षित राख्न सक्छ । यस्ता वारप्रूफ केसहरू हार्ड र सफ्ट गरी दुवै स्वरुपमा पाउन सकिन्छ ।  

    यस्ता कभरको खास विशेषता भनेको फोन प्रयोग गर्दा समेत सहज महसुस हुन्छ । स्मार्टफोनका साथै फिचरफोनमा समेत यसको प्रयोग गर्न सकिन्छ । तपाईं आफ्नो फोन यो कभरहरूमा राखेर वार्षात्‌मा भिज्न तथा स्वीमिङ पूलमा जान समेत सक्नुहुन्छ । फोनको कुनै पनि भागमा पानी जान नसकोस् भन्ने हिसावले यस्ता केसको डिजाइन गरिएको हुन्छ। 

    यी केसहरुको मूल्य चार सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म पर्न जान्छ । यी केसहरूमा स्मार्टफोनलाई सजिलै प्रयोग गर्न सकिन्छ । जसमा सबै प्रकारका बटनहरू, नियन्त्रण र फोनका पोर्टहरूमा समेत पहुँचको व्यवस्था गरिएको हुन्छ । वाटरप्रूफ हुनुका साथै यस्ता केसहरुले फोनमा चोट लाग्न तथा धुलोमाटो टाँसिनबाट समेत  जोगाउँछन् । 

    तर यो वाटरप्रूफ कभर वर्षात्‌को समयमा मात्र प्रयोग गर्न सकिन्छ । अरु समयमा फोनलाई यसबाट निकालेर प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता कभरको राम्रो पक्ष मात्र छैन, केही नकारात्मक पक्ष पनि छन् । यदि कभर कडा सामग्रीबाट बनेको छ भने फोनलाई भारी बनाउन सक्छ । साथै आकार  ठूलो हुँदा खल्तीमा राख्न समेत त्यति सहज हुनेछैन । यसले कलको आवाज पनि कम सुनिन्छ ।

    २. नानो कोटिङ (वाटर रेसिस्टेन्स)

    नानो कोटिंग एक प्रकारको हाइड्रोफोबिक तरल पदार्थ हो, जसले फोनको सतहमा पानीलाई अडेर बस्न दिँदैन । यो वाटरप्रूफ विद्युतीय सामग्रीहरूमा प्रयोग गरिन्छ, ता कि पानीलाई डिभाइसभित्र जानबाट रोक्न सकियोस् । 

    यसले फोनलाई पूर्ण रुपमा वाटरप्रूफ भने बनाउँदैन । तर यसले हल्का वर्षा तथा पानीको थोपाबाट भने जोगाउन सक्छ। नानो कोटिङलाई हलुकासँग रगडेर सहजै फोनबाट हटाउन सकिन्छ । 

    यसको मूल्य ८०० देखि एक हजार रुपैयाँसम्म पर्न जान्छ । नानो कोटिङको प्रयोगबाट फोनमा कुनै पनि किसिमको क्षति पुग्दैन । फोनको स्क्रीनमा यसलाई लगाउँदा समेत फोनले सामान्य अवस्थामा जस्तै काम गर्न सक्छ । 

    नानो कोटिङ लगाएर फोनलाई पानीमा डुबाउनु गल्ती भने नगर्नुहोस् । यसले फोनलाई चोटपटक लाग्नबाट बचाउन पनि सक्दैन । साथै स्क्रीनमा यसको प्रयोगले ब्राइटनेस समेत कम हुन पुग्छ ।

    तर पनि पानीका थोपा तथा धुलोबाट यसले फोनलाई जोगाउन सक्छ । राम्रो  गुणस्तरको कोटिङको आयु ६ महिनासम्म हुन्छ ।

    ३. वाटरप्रूफ फोन स्किन

    फोनलाई वाटरप्रूफ बनाउने यो सस्तो तरिका हो। वाटरप्रूफ फोन स्किन पातलो टाँसिने फिल्म हो, जसलाई फोनमा सोझै लगाउन सकिन्छ ।  मोबाइलमा फोन स्किन लगाइसकेपछि, पछाडितर्फबाट ढाक्नुपर्ने हुन्छ । यद्यपि यो स्थायी समाधान भने होइन र केहि दिनका लागि मात्र यसको प्रयोग गर्न सकिन्छ। यसको मूल्य तीन सयदेखि तीन हजार रुपैयाँसम्म पर्न जान्छ ।

    यो सस्तो छ र कुनै पनि फोनमा प्रयोग गर्न सकिन्छ । तर फोन चार्ज गर्दा भने स्किनलाई हटाउनु पर्छ । फोनको आवाजको गुणस्तर त्यति राम्रो नसुनिन सक्छ । सीमित समयका लागि मात्र प्रयोग गर्न सकिने यसको अर्को नराम्रो पाटो हो ।

    तर यसले दैनिक रुपमा फोनलाई तरल पदार्थबाट हुनसक्ने क्षतिबाट जोगाउँछ । साथै फोनमा धुलो र फोहोर टाँसिन समेत दिँदैन । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast