शुक्रबार, असोज ९, २०७७
    कला-सौन्दर्य

    कोरोना संक्रमित ऐश्वर्या राय छाेरीसहित अचानक अस्पताल भर्ना

    शुक्रबार, २ श्रावन २०७७, आहाखबर

    नयाँदिल्ली, ३ साउन ।  कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या राय छाेरीसहित अचानक अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । 

    ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।

    ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ । गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्रमण भएको छ । अमिताभकी पत्नी जया बच्चनको पनि परीक्षण गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

    यही हप्ताको सुरुमै अभिषेकले ट्वीट गर्दै ऐश्यर्वा र छोरीलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका थिए । अमिताभले भने अस्पतालबाटै सोसल मिडिया मार्फत् आफ्नो सुस्वास्थ्य कामना गरेकोमा प्रशंसक र शुभचिन्तकलाई धन्यवाद दिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast