मंगलवार, असोज १३, २०७७
    स्वास्थ्य

    गैंडाकोट नगरपालिका एकसाताका लागि सिल

    बिहिवार, १ श्रावन २०७७, आहाखबर

    चितवन। इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत ५ जना प्रहरी कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नवलपुरको गैंडाकोट नगरपालिका एकसाताका लागि सिल गरिएको छ। भोलि शुक्रबारदेखि लागू हुने गरी एकसाताका लागि नगर क्षेत्र सिल गर्ने निर्णय भएको नजरपालिकाले जनाएको हो।

    नगरपालिकाका अनुसार पाँच जना प्रहरी कर्मचारीसहित होम क्वारेन्टिनमा बसेका ८ जना, नगरपालिकाको क्वारेन्टिनमा बसेका ४ जना र एक जना स्थानीय व्यक्तिमा संक्रमण पुष्टि भएको हो। कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेका कारण नगर क्षेत्र सिल गरिएको नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिए।

    नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै साउन २ गतेबाट ८ गतेसम्म लागू हुने गरी नगर क्षेत्र सिल गरिएको जनाएको छ। दूध र दूग्धजन्य व्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधि पसल बाहेकका अन्य पसलहरु, सबै प्रकारका होटल र निर्माण व्यवसाय बन्द गर्न नगरपालिकाले सूचना मार्फत अनुरोध गरेको छ। साथै  गैंडाकोट नगर क्षेत्र हुँदै सञ्चालन गरिने लामो दूरीका सवारी साधानहरुले कुनै पनि यात्रुलाई चढाउने, आराल्ने र रोक्न नपाउने नगरपालिकाले जनाएको छ।

    नगरपालिका क्षेत्र भित्रका बैङ्कहरुले स्वास्थ्य सुरक्षा सामाग्रीहरुको प्रयोग गर्दै सामाजिक दूरी कायम गरी अति न्युन कर्मचारी परिचालन गरी दैनिक कार्य सञ्चालन गर्ने र बैङ्क बाहेकका अन्य वित्तीय संस्था पूर्ण रुपमा बन्द गर्न अनुरोध गरेको छ। अत्यावश्यक कामबाहेक कोही पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन नगरवासीहरुलाई अनुरोध गरिएको नगर प्रमुख पौडेलले जानकारी दिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast