शनिबार, आषाढ २७, २०७७
    राज्य-समाज

    नेकपा-कांग्रेस झडपः आज नेकपाले सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

    मंगलवार, १६ आषाढ २०७७, आहाखबर

    सर्लाही, १६ असार। सर्लाहीको धनकौल गाउँपालिकामा भएको हिंसात्मक घटनाविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (मंगलबार) जिल्लाका सबै स्थानीय तहमा प्रदर्शन गर्ने भएको छ।

    आइतबार साँझ धनकौल गाउँपालिका वडा नम्बर २ र ३ का सीमानामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन प्रहरीसहित २१ जना घाइते भएका छन्।

    यो घटना कांग्रेसको अराजकता र गुण्डागर्दीको उपज भएको नेकपा सर्लाही जिल्ला कमिटीले आरोप लगाएको छ।

    सोही घटनाविरुद्ध आज जिल्लाका सबै २० वटै स्थानीय तहमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिने नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले नेपालखबरलाई जानकारी दिए।

    ‘यो नेपाली कांग्रेसको अराजकताको पराकाष्ठा हो,’ अध्यक्ष पन्तले टेलिफोनमा नेपालखबरसँग भने, ‘यस्ता बर्बरताविरुद्ध हामी कडा आन्दोलनमा उत्रन लागेका हौं।’

    nebiii

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast