शनिबार, आषाढ २७, २०७७
    राज्य-समाज

    कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, ३ जना घाइते

    मंगलवार, १६ आषाढ २०७७, आहाखबर

    धनगढी, १६ असार । कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ ।जिल्लाको बर्दगोरिया गाउँपालिकामा-१ स्थित पूर्वपश्चिम राजमार्गमा भे६प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय हिमांशु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मोटरसाइकल चालक सुरेश चौधरी, मोटरसाइकलमा सवार जयदेव चौधरी र मृतक बालकका बुवा रमेश परियार घाइते भएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    उनीहरू तीनैजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast