शनिबार, आषाढ २७, २०७७
    राज्य-समाज

    गण्डकीमा थपिए १७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ९ सय ६६ पुग्यो

    मंगलवार, १६ आषाढ २०७७, आहाखबर

    काठमाडाैं, १६ असार।  गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

    नयाँ संक्रमितमा कास्कीका ८, तनहुँका ५, लमजुङका ३ र स्याङ्जाका १ जना रहेका छन् ।

    नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।  

    योसँगै गण्डकीमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । जसमध्ये २ सय १४ जना निको हुँदा २ संक्रमितले ज्यान गमुाएका छन् ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast