शनिबार, आषाढ २७, २०७७
    राज्य-समाज

    मेलम्चीको पानी उपत्यकामा झार्न पथान्तरणको तयारी

    मंगलवार, १६ आषाढ २०७७, आहाखबर

    काठमाडाैं, १६ असार। मेलम्चीको पानी काठमाडौं उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरवको आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो । 

    सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । 
      
    सुरुङमा पठाइए पनि पानी काठमाडौं उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । 

    उनका अनुसार सुरुङको परीक्षणकै लागि केही समय लाग्नेछ । पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उनले बताए । उनले भने, ‘पानी भरिसकेपछि कुनै चुहावट नभएपछि मात्रै उपत्यकामा पानी झार्न सकिन्छ, चुहावट भएमा त्यसको मर्मत गरिन्छ ।’ 

    सुरुङभित्र अहिले तीन मुख्य र अर्को एउटा गरी चार गेटहरूको अन्तिम काम भइरहेको छ । सो आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० र अर्को एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast