शनिबार, आषाढ २७, २०७७
    राज्य-समाज

    दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको सबै सेवा बन्द

    मंगलवार, १६ आषाढ २०७७, आहाखबर

    सल्यान, १६ असार। दार्मा गाउँपालिका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ। सोमबार गाउँपालिकाका पाँचजनामा संक्रमण पुष्टि भएको थियो।

    तीमध्ये दुई कर्मचारी र तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्। उनीहरुलाई गाउँपालिकाको आइसोलेसनमा राखिएको छ। कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएकाले समुदाय स्तरमा नफैलियोस् भनी गाउँपालिकाका कार्यालयको सबै नियमित कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए।

    कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र संक्रमितको सम्पर्कमा आएकाहरुको मंगलबार स्वाव संकलन गरिने खड्काले बताए। दार्मा गाउँपालिकामा यसअघि नौजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुसबै निको भएर घर फर्किसकेका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast