शनिबार, आषाढ २७, २०७७
    स्वास्थ्य

    काठमाडौं उपत्यकामा देखियो ८ जनामा कोरोना संक्रमण

    सोमबार, १५ आषाढ २०७७, आहाखबर

    काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २२ प्रयोगशालामा गरिएको परीक्षणमा ४७६  जनामा कोरोना संक्रमण देखिएको हो।

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका संक्रमितमा ३६४ पुरुष र ११२ महिला रहेको जानकारी दिए। सोमबार थपिएका संक्रमितमध्ये भक्तपुरका १, काठमाडौंका ६ र ललितपुरका एक जना लगायत अन्य विभिन्न जिल्लाका रहेका छन्।

    प्रवक्ता डा. गौतमका अनुसार नयाँ थपिएकासहित हालसम्म संक्रमितको संख्या १३ हजार दुई सय ४८ पुगेको छ। उनका अनुसार पछिल्लो २४ घण्टामा सात हजार सात सय ९१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

    त्यसैगरी एक सय २१ जना कोरोनामुक्त भएर विगत २४ घण्टामा डिस्चार्ज भएको उनले बताए। हालसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार एक सय ३४ पुगेको छ। नेपालभर हालसम्म संक्रमित भएकामा पुरुष ११ हजार ६ सय ६२ र महिला एक हजार पाँच सय ८६ छन।

    क्वारेन्टाइनमा बस्नेको संख्या भने निरन्तर घटेको छ। गौतमले हाल क्वारेन्टाइनमा ५७ हजार तीन सय ६८ जना रहेको बताए। त्यसैगरी संक्रमित भएर आइसोलेसनमा बस्नेको संख्या भने १० हजार ८५ पुगेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast