शनिबार, आषाढ २७, २०७७
    आर्थिक खबर

    झन्डै एक लाख पुग्याे सुनको मूल्य

    सोमबार, १५ आषाढ २०७७, आहाखबर

    काठमाडाैं, १५ असार।  बिहेको सिजन सकिँदै गर्दा स्थानीय बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नजिक पुगेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएकाले एक लाख रुपैयाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् । विश्वभर फैलिएको कोरानाभाइरस (कोभिड–१९)ले गर्दा सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएकाले मूल्य बढ्न गएको हो ।
    पछिल्लो समय सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ । लकडाउनअघि प्रतितोला ७७ हजार रुपैया रहेको सुनको मूल्य आइतबार बढेर तोलामा ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको कारणले गर्दा त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले कोरोनाभाइरसको कारणले सुनको मूल्य बढ्न गएको बताए । कारोबार दैनिकमा खबर छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast