शनिबार, आषाढ २७, २०७७
    सावधान

    बैतडीकाे क्वरेण्टीनमा खाना पकाउने व्यक्तिकाे मृत्यु

    शनिबार, १३ आषाढ २०७७, आहाखबर

    बैतडी, १३ असार। बैतडीमा क्वरेण्टीनमा खाना पकाउने व्यक्तिकाे मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ६ का  ५३ वर्षीय पुरुषको शनिबार मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 


    उहाँ दशरथचन्द नगरपालिका ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकाहरुलाई दुई महिनादेखि खाना पकाउँदै आउनुभएकाे थियाे । शनिबार घर गएकाे बेला बिहान ११ बजे बिरामी भएपछि उहाँलाई उपचारकाे लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    क्वरेण्टीनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले मृतकको कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । मृतकको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि धनगढी पठाइने डा. जोशीले  बताउनुभयो ।

    दशरथचन्द नगरपालिकामा ३० जना कोरोना सङ्क्रमित रहेका छन् भने बैतडी जिल्लाभरि अहिलेसम्म दुई सय ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।    

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast