शनिबार, आषाढ २७, २०७७
    सावधान

    चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो

    शनिबार, १३ आषाढ २०७७, आहाखबर

    चितवन, १३ असार । चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपाल स्रोतले जनाएको छ ।

    उनि क्यान्सरका विरामी थिए । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

    हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ भने चितवनमा मात्रै २ पुगेको छ । यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast