शनिबार, आषाढ २७, २०७७
    लाइफस्टाइल

    आज देशका धेरै स्थानमा वर्षाको सम्भावना, भोलि अझ बढ्ने

    शनिबार, १३ आषाढ २०७७, आहाखबर

    आज (शनिबार) पनि देशका धेरै स्थानमा वर्षा हुने मौसमविद्ले बताएका छन्।

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १,२,५ र सुदूरपश्चिमका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

    ‘आज तुलनात्मक रूपमा वर्षा केही कम हुने देखिएको छ,’ मौसमविद् बासीले शनिबार बिहान भनिन्, ‘भोलि वर्षा अरू बढ्ने सम्भावना छ।’

    महाशाखाका अनुसार अहिले बिहान पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ।

    तर काठमाडौं उपत्यकामा भने यतिबेला (शनिबार बिहान ६ः३५ बजे) घाम लागिरहेको छ। ‘तर दिउँसो बदली भएर वर्षा हुने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।

    बुधबारदेखि देशभर वर्षा व्यापक बनेकाे हाे।  देशभर मनसुन सक्रिय हुनाका साथै नेपालकाे दक्षिणी सीमानिजकै मनसुनकाे न्यून चापीय रेखा रहेकाले माैसम बदली र वर्षा बढेकाे माैसमविद्ले बताएका छन्। 

    माैसमविद् बासीका अनुसार अझै २–३ दिन वर्षा रोकिने सम्भावाा देखिँदैन।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast