आईतवार, आषाढ २१, २०७७
    आर्थिक खबर

    लगातार बढेकाे सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति पुग्यो आज ?

    मंगलवार, ९ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ९ असार । नेपाली बजारमा मंगलबार सुनको मूल्य आज सामान्य घटेको छ । सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज भने ४ सयले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९४० मा कारोबार भइरहेको छ । आइतबार पनि सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

    आज चाँदी पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast