शनिबार, आषाढ २७, २०७७
    कृषि-उर्जा

    काठमाण्डौका यी स्थानमा आज ५ घण्टा बत्ती जाने

    मंगलवार, ९ आषाढ २०७७, आहाखबर

    काठमाडाैं, ९ असार ।  काठमाडाैंका केही ठाउँमा आज केही घण्टा बत्ती जाने भएको छ । महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकोले बत्ती जाने भएको हो ।

    दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जस अनुसार घुम्ती, धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हो ।

    तोकिएको समयभन्दा अघि नै काम सकिए चाँडै नै बत्ती आउने पनि प्राधिकरणले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast