आईतवार, आषाढ २१, २०७७
    कला-सौन्दर्य

    सोनाक्षी सिन्हाले ट्वीटरलाई किन भनिन् अलविदा

    आईतवार, ७ आषाढ २०७७, आहाखबर

    काठमाडाैं, ७ असार। बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्वीटरबाट बिदा भएकी छन् । उनले आफ्नो एकाउन्ट निष्क्रिय गरेकी छन् ।

    नकारात्मकताबाट पर रहन र आफ्नो मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर ट्वीटरबाट बिदा हुने निर्णय गरेको सोनाक्षीले बताएकी छन् ।

    उनले यो जानकारी आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत दिएकी हुन् ।

    उनले इन्स्टाग्राममा आफ्नो ट्वीटर पोस्टको स्क्रीनसत पोस्ट गरेकी छन्, जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्य र नकारात्मकताबाट पर रहनका लागि मैले पहिलो कदम चालेकी छु । मेरो ट्वीटर एकाउन्ट डिएक्टिभेट गर्दै छु ।’

    सोनाक्षीले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छन् । उनले लेखेकी छन्, ‘आग लगे बस्ती में, मैं अपनी मस्ती में । अलविदा ट्वीटर ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast