सोमबार, आषाढ २२, २०७७
    सावधान

    आरडिटी नेगेटिभ आएका बर्दियाका एक युवाको घर पुगेपछि मृत्यु

    शुक्रबार, ५ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ५ असार । आरडिटी नेगेटिभ आएका एक युवाको घर पुगेपछि मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–३ स्थित क्वारेन्टाइनबाट घर गएका एक युवाको बिहीबा राति मृत्यु भएको हो ।

    आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाएका उनी बिरामी परेपछि उपचारका लागि बर्दिया अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

    उनी दुई साताअघि काठमाडौंबाट बर्दिया पुगेको र १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किएका थिए।

    मृतकको स्वाब कोरोना परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ । परीक्षणको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने जनाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast