सोमबार, आषाढ २२, २०७७
    लाइफस्टाइल

    देशभर मनसुन सक्रिय, अझै केही दिन वर्षा र बाढी–पहिरोको सम्भावना

    शुक्रबार, ५ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ५ असार । एक सातायता नेपालमा मनसुन सक्रिय भइरहेको छ । मौमस पूर्वानुमान महाशाखाले अझै केही दिन वर्षाको सम्भावना रहेको जनाउँदै सतर्क बाढी, पहिरोबाट सचेत रहन आग्रह गरेको छ । महाशाखाका अनुसार यस वर्ष जुन १२ देखि वर्षायाम शुरु भएको छ ।

    महाशाखाले आगामी २४ घण्टा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भई ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ ।

    प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार शनिबार सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने छ । यसैगरी प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast