सोमबार, आषाढ २२, २०७७
    स्वास्थ्य

    पर्वतमा थप ५ जनामा कोरोनाकाे पुष्टी, गण्डकी प्रदेशमा संक्रमितको संख्या २९४ पुग्यो

    बिहिवार, ४ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ४ असार । गण्डकी प्रदेशको पर्वत जिल्लामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार पर्वत जिल्लाका कुश्मा नगरपालिका एक जना महिला र एक पुरुष, फलेबास नगरपालिका २ जना पुरुष र मोदी गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

    संक्रमित सबै हालसालै भारतबाट नेपाल फर्केका हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुगेको छ । यसअघि बिहिबार बिहान गण्डकी प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    संक्रमितहरुलाई पर्बत जिल्लाको कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast