सोमबार, आषाढ २२, २०७७
    राज्य-समाज

    वैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुटाउन सरकारले माग्याे समय

    बुधबार, ३ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ३ असार ।  वैवाहिक अंगीकृत नागरिकताबारे नेपाली कांग्रेसले पुरानै अडान लिएपछि सरकारले नागरिकता सम्बन्धी विधेयकमा सहमति जुटाउनका लागि समय मागेको छ ।

    संसदको राज्य व्यवस्था समितिको बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि समय मागेका हुन् ।

    सरकारले समय मागेपछि समितिले सहमतिका लागि पाँच दिन समय दिएको छ । आउने आइतबारसम्ममा यसबारे सहमति जुटाउन समितिले सरकारलाई समय दिएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast