आईतवार, आषाढ २१, २०७७
    आर्थिक खबर

    सुनकाे भाउ अहिले सम्मकै उच्च विन्दुमा, कति छ आजकाे बजार मूल्य ?

    बुधबार, ३ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ३ असार । साताको चौथो दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेको हो ।

    मंगलबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार तेजावी सुनको भाउ ८९ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ ।

    आज चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा उतार चढाब आइरहँदा नेपालमा सुनको भाउ उच्च विन्दूमा पुगेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast