सोमबार, आषाढ २२, २०७७
    सावधान

    साढे ८ लाख घुससहित रंगेहात पक्राउ परे डिल्लीबजार मालपोत कार्यालयका ६ कर्मचारी

    बुधबार, ३ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ३ असार । जग्गाको कित्ताकाट गरिदिएबापत सेवाग्राहीबाट लिएको साढे आठ लाख घुससहित डिल्लीबजार मालपोत कार्यालयका ६ कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत रघुवंश कँडेलसहित ६ जना कर्मचारीलाई मंगलबार राति पक्राउ गरेको हो । टोखा नगरपालिकाका–९, सामाखुसी चोक नजिकैको स्टार पार्टी प्यालेसअगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको आयोगले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाल छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको अयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार सामाखुसीस्थित एक पार्टी प्यालेसमा घुस लेनदेन गरिरहेका बेला अख्तियारको टोलीले स्टिङ अप्रेशन गरेको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast