सोमबार, आषाढ २९, २०७७
    राज्य-समाज

    कालापानी निरीक्षणमा हिडे प्रधानसेनापति थापा र सशस्त्रका आईजी खनाल

    बुधबार, ३ आषाढ २०७७, आहाखबर

    काठमाडौं, ३ असार । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको आउट पोस्ट (बिओपी) निरीक्षण गर्न प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनाल त्यसतर्फ प्रस्थान गरेका छन् ।

    दार्चुलाको छाङरुमा स्थापना भएको सशस्त्रको बीओपी र घाँटीबगरमा स्थापना भएको सेनाको अस्थायी बेस निरीक्षण गर्न थापा र खनाल बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएको थियो ।

    काठमाडौंबाट स्काई ट्रकबाट धनगढी र त्यहाँबाट सेनाकै हेलिकप्टरमार्फत थापा र खनाल दार्चुलाको छाङरु जाने भएका छन् ।

    भारतले नेपालको भूमि अतिक्रमण गर्दै आफ्नो सेना राखेपछि नेपालले पनि सुरक्षाकर्मी थप्ने भएको छ । नेपालले कालापानीमा रहेका भारतीय सेना हटाउन तीव्र दबाब दिँदै आएको छ । नेपालले आफ्नो भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नयाँ नक्सा जारी गरेपछि दुवै देशबीच सम्बन्धमा तिक्तता आएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast