सोमबार, आषाढ २९, २०७७
    बिदेश

    भारत–चीन सीमा विवाद: चिनियाँ कमान्डिङ अधिकारीसमेत ४० बढी मारिएको दाबी

    बुधबार, ३ आषाढ २०७७, आहाखबर

    काठमाडाैं, ३ असार । भारतीय र चिनियाँ सैनिकबीच गालवान घाटीमा भएको झडपमा चीनका युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिक मारिएको भारतीय समाचार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ । यद्यपि, चीनले यसबारे केही जानकारी दिएको छैन ।

    यता भारतमा भने २० जनाको मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिती चिन्ताजनक भएको बताइएको छ ।

    तीन घण्टा चलेको यो झडप दुई परमाणु शक्ति सम्पन्न देशबीच लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा भएको हो । उक्त हमलामा ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग गरिएको थियो । त्यहि गालवन भ्यालीमा सन् १९६२ को युद्धमा ३३ भारतीयको ज्यान गएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast