शनिबार, आषाढ २७, २०७७
    बैंक-बीमा

    विराटनगर र इटहरीमा सामाजिक दूरी कायम गर्दै बैंकका सबै शाखा खुले

    बुधबार, २१ जेष्ठ २०७७, आहाखबर

    विराटनगर, २१ जेठ । विराटनगरमा आजबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुलेका छन् । यसअघि विराटनगरसहित जिल्लाभरका शाखाहरू दिन तोकेर मात्र सञ्चालन हुँदै आएका थिए । 

    विराटनगरमा ठूला बैंकका एकभन्दा अधिक शाखा रहे पनि कुनै एक क्षेत्रको मात्र खुल्दा सेवाग्रहीको ठूलो घुइँचो र भिड हुने गरेको थियो । प्रदेश राजधानी विराटनगरमा २७ वाणिज्य बैंक, १० विकास बैंक र ४ फाइनान्स कम्पनीका शाखा छन् । विराटनगरमा कतिपय ठूला बैंकका चार वटासम्म शाखा छन् भने फाइनान्सका समेत एकभन्दा बढी शाखा छन् ।

    नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देलले बुधबारबाट विराटनगरमा बैंकका सबै शाखा खुलेको जानकारी दिँदै भने, “आर्थिक रूपमा धेरै गतिविधि हुने क्षेत्र हो । ट्रान्सजेक्सन पनि बढ्न थाल्यो । मानिसहरू आउने दर पनि बढेको छ त्यसैले सबै शाखा खोल्ने निर्णय भएको हो ।”

    बैंकमा सेवा लिन पुग्ने सेवाग्राहीलाई रोगको संक्रमण हुन नदिन सामाजिक दूरी कायम गराउने र अरू सावधानी अपनाउन पनि निर्देशन दिइएको सिग्देलले बताए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast