आईतवार, आषाढ २१, २०७७
    राज्य-समाज

    सरकारले जेठ २५ भित्र कर तिर्न दिएकाे निर्देशन नमान्न कांग्रेसको आह्वान

    बुधबार, २१ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, २१ जेठ। यही जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले दिएको निर्देशन नमान्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकलाई आह्वान गरेको छ।

    चैत ११ गतेदेखि देशभर लकडाउन लागू भइरहेको भए पनि विभागले मंगलबार सूचना प्रकाशन गरी सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ।

    यही निर्देशन अवज्ञा गर्न कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत नागरिकलाई आह्वान गरेका हुन्।

    उनले ट्विटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता! जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन।’

    उनले अगाडि लेखेका छन्, ‘गलैंचा, जिमखाना र यो ताकेता साेध्न चाहन्छु कसैको व्यक्तिगत सनकमा देश चल्दैछ कि यही हो कम्युनिस्ट समाजवादको आधारशिला!

     

    सांसद बिकास कोष खारेज गर्न साहस नराख्ने अनि
    ठप्प ब्यवसायलाई कर ताकेता ? @hello_sarkar
    जेठ २५ भित्र कर तिर्न नसक्ने #भद्र_अवज्ञा को अर्को विकल्प छैन !

    गलैंचा,जिमखाना र यो ताकेता l शोध्न चाहन्छु कसैको ब्यक्तिगत सनकमा देश चल्दैछ कि यहि हो @PM_Nepal कम्युनिस्ट समाजवादको आधारशिला ?? pic.twitter.com/rU7RSK5oaO

    — Bishwa Prakash शर्मा (@bishwaprakash77) June 2, 2020

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast