आईतवार, आषाढ २१, २०७७
    राज्य-समाज

    जनार्दन शर्माका कार्यकर्ताले गरे प्रहरी पोष्टमा तोडफोड

    बुधबार, २१ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, २१ जेठ । रुकुम मुसिकोट नगरपालिका वडा १३ का वडाध्यक्ष दीपक केसी नेतृत्वको एक समूहले वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको छ । 

    मंगलबार राति मदिरा सेवन गरी २०–२५ जनाको समूहमा रहेको केसीको टिमलाई लकडाउनको किन उल्लंघन गरेको भनी प्रहरीले रोक्न खोज्दा उनीहरु उल्टै प्रहरीमाथि जाइलागेका थिए । 

    उक्त क्रममा उनीहरुले कार्यालयमा तोडफोड गरी अस्तव्यस्त बनाएका छन् । उक्त समयमा पोष्टमा सात जना प्रहरी रहेका थिए । केही प्रहरी घाइते भएको समेत बताइएको छ । 

    जनप्रतिनिधि भए पनि केसी पटक पटक गुण्डागर्दीमा समावेश हुँदै आएका छन् । केसीले पूर्व गृहमन्त्री एवं नेकपाका पोलिटव्यूरो सदस्य जनार्दन शर्माको आडमा गुण्डागर्दी गर्दैै आएको दावी स्थानीयहरुको छ । 

    प्रहरी कार्यालयमा आक्रमण र तोडफोड भएको पाएपछि रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले जनपथ र सशस्त्रका थप सुरक्षाकर्मी घटनास्थलमा पठाएको बताएका छन् । घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast