आईतवार, आषाढ २१, २०७७
    सावधान

    दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृत रङ्गेहात पक्राउ

    बुधबार, २१ जेष्ठ २०७७, आहाखबर

    ताप्लेजुङ, २१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रूपैयाँ घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।

    डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो।

    उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो।

    सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक-एक लाख रूपैयाँ घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए।

    नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ। अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast