सोमबार, आषाढ २९, २०७७
    बिदेश

    कोरोना कारण पाकिस्तानी मन्त्री बलोचको मृत्यु

    बुधबार, २१ जेष्ठ २०७७, आहाखबर

    एजेन्सी, २१ जेठ । पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो ।

    केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका थिए । घरमा स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ ।

    बलोच पाकिस्तान पिपुल्स पार्टी कराँचीका अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए । उनी सन् २०१६ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए ।   पाकिस्तानमा अहिलेसम्म ७२ हजार संक्रमित भएका छन् भने १५ सय ५३ जनाको मृत्यु भइसकेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast