सोमबार, आषाढ २९, २०७७
    स्वास्थ्य

    विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २९ लाख नाघ्यो

    मंगलवार, २० जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, २० जेठ। विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २९ लाख नाघेको छ । यो भाइरसबाट सबैभन्दा बढी अमेरिकामा मुक्त भएका छन् । त्यहाँ संक्रमितको १८ लाख ५९ हजार संख्यामध्ये ६ लाख १५ हजार ४ सय व्यक्ति निको भएका छन् ।

    त्यस्तै, ब्राजिलमा कोरोना जितेर घर फर्कंनेको संख्या २ लाख ११ हजार पुगेको छ । त्यहाँ अहिलेसम्म ५ लाख २९ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् ।  

    स्पेनमा यो भाइरसबाट मुक्त भएर झण्डै १ लाख ९७ हजार व्यक्ति घर फर्किएका छन् । त्यहाँ अहिलेसम्म २ लाख ८६ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । 

    रूसमा झण्डै १ लाख ७६ हजार व्यक्तिले कोरोना जितेका छन् । त्यहाँ ४ लाख १४ हजार व्यक्ति कोरोनाबाट प्रभावित छन् । 

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast