आईतवार, आषाढ २१, २०७७
    बिदेश

    पोष्टमार्टम रिपोर्ट भन्छ, रिपोर्टजर्ज फ्लोइडको मृत्यु 'मानव हत्या'

    मंगलवार, २० जेष्ठ २०७७, आहाखबर

    वासिङटन, २० जेठ। अमेरिकामा गत सोमबार मृत्यु भएका जर्ज फ्लोइडको मृत्यु मानव हत्या भएको पोष्टमार्टम रिपोर्ट आएको छ । आधिकारिक पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘होमोसाइड’ अर्थात मानव हत्या भएको उल्लेख गरिएको छ । 

    अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलिस प्रहरी हिरासतमा फ्लोइडको गत २५ मेमा मृत्यु भएको थियो । त्यसअघि उनलाई नियन्त्रणमा लिने क्रममा एक प्रहरी अधिकारीले उनको घाँटी करिब ८ मिनेटसम्म थिचेका थिए । 

    फ्लोइडको मृत्युलाई लिएर अमेरिकाभर अफ्रिकन मुलका अमेरिकीहरुले प्रदर्शन गरिरहेका बेला पछिल्लो रिपोर्ट बाहिर आएको हो । 

    प्रहरीले घाँटी थिचेर पक्राउ गर्ने क्रममा फ्लोइडलाई कार्डिक अरेस्ट भएको देखिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । रिपोर्टमा फ्लोइडको मृत्युको कारणका रुपमा ‘पक्राउ गर्ने क्रमको क्रुरता तथा घाँटी थिचिँदा भएको कार्डियोपल्मोनरी अरेस्ट’ भनी उल्लेख छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast