सोमबार, आषाढ २९, २०७७
    बैंक-बीमा

    देवःविकास गाभियो कुमारी बैंकमा, बैंकको चुक्ता पुँजी साढे १२ अर्ब

    मंगलवार, २० जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, २० जेठ। कुमारी बैंक लिमिटेडले देवःविकास बैंक प्राप्ति गरेको छ । बैंकका अध्यक्ष आमिरप्रताप राणाको अध्यक्षतामा १९ जेठमा सम्पन्न विशेष साधारणसभाले देवःविकास बैंक प्राप्तिको प्रस्ताव पारित गरेको छ ।  प्राप्तिपश्चात् कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुगेको सभामा जानकारी दिइयो । 

    साथै, बैंकको निक्षेप १ खर्ब २० अर्ब तथा कर्जा लगानी १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । एकीकृत कारोबारछि बैंकका शाखा २ सय ९ पुगेको सभामा जानकारी दिइयो । कुमारी बैंकको प्रति १ कित्ता सेयरबराबर देवःविकास बैंकको ०.८६ कित्ता सेयर अनुपातमा बैंक मर्जर भएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast