आईतवार, आषाढ २१, २०७७
    स्वास्थ्य

    गण्डकी प्रदेशमा बिहानै थपिए १० जना कोरोना संक्रमित

    मंगलवार, २० जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, २० जेठ। गण्डकी प्रदेशमा थप १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ३७ पुगेको छ । स्याङ्जा र पर्वत जिल्लामा गरी थप १० जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम  कार्यक्रमका प्रवक्ता डा विनोद विन्दू शर्माले जानकारी गराएका छन् । 

    कोरोना संक्रमित हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका भर भएका क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० बर्षका पुरुष र बिरुवा गाउँपालिकाका क्वारेन्टाइनमा बसेका २० बर्षिय पुरुष रहेका छन् । 

    त्यस्तै पर्वत जिल्ला, फलेबास नगरपालिकाका २० र ४० बर्षिय २ पुरुष र कुश्मा नगरपालिकामा क्वारेन्टाइनमा बसेका १९, २० र २१ बर्षिय ३ पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी गरिएको जनाएको छ । थप १० कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न काकीँ रहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast