आईतवार, आषाढ २१, २०७७
    राज्य-समाज

    आजकाे माैसम: पहाडी क्षेत्रका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    मंगलवार, २० जेष्ठ २०७७, आहाखबर

    काठमाडौँ, २० जेठ। काठमाडौँ उपत्यकासहितका स्थानमा मंगलबार बिहानैदेखि घाम लागेको भए पनि देशका अधिकांश स्थानमा हाल आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव छ । यस्तै नेपालको पूर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेकाले पनि मौसम बदली भइरहेको हो ।

    मंगलबार दिउँसो पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी राति देशका अधिकांश स्थान अर्थात प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली हुने छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली हुने मौसमविदले बताएका छन् । । प्रदेश १ का थोरै स्थानमा मेघगर्जन रचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast