सोमबार, आषाढ २२, २०७७
    स्वास्थ्य

    नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ सय नाघ्यो, सोमबार साँझ थप १३ जनामा सङ्क्रमण पुष्टि

    सोमबार, १९ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं। सोमबार साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार साँझ दुई बालबालिकासहित १३ जना कोरोना सङ्क्रमित थपिएक हुन्। 

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।  

    उनका अनुसार सङ्क्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन्।

    थप १३ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना  सङ्क्रमितको सङ्ख्या १८ सय ११ पुगेको मन्त्रालयले जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast