सोमबार, आषाढ २२, २०७७
    राज्य-समाज

    घर भत्किँदा चार घाइते, चट्याङले अस्पतालमा क्षति

    सोमबार, १९ जेष्ठ २०७७, आहाखबर
    फाइल तस्बिर

    लहान। हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते भएका छन्। वर्षासँगै चलेको हावाहुरीले घर भत्किँदा स्थानीय बुधावा सदायको ४५ वर्षीया श्रीमती फुनियाँदेवी, १४ वर्षीया छोरी, ११ र आठ वर्षीय दुई छोरा घाइते भएको वडाध्यक्ष नागेश्वर गोइतले जानकारी दिए।

    चारैजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। ती परिवारलाई तत्काल बस्ने, खाने व्यवस्था मिलाउने कार्य भइरहेको उनले बताए। यस्तै वर्षासँगै आज परेको चट्याङ लागेर  लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा करिब १० लाखभन्दा बढीको क्षति भएको छ।

    अस्पतालको छतमा रहेको सिसी क्यामेरा र इन्टरनेट वाइफाइको राउटर जल्नाका साथै चार थान कम्प्युटर, इन्भटर तथा एक्सरे मेसिनमा क्षति पुगेको अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले जानकारी दिए। अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको उनले बताए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast