आईतवार, आषाढ २१, २०७७
    स्वास्थ्य

    भैरहवा भीम अस्पतालबाट ४ वर्षकी बालिकासहित २५ कोरोना संक्रमित डिस्चार्ज भएपछी खुसीले नाचगान

    सोमबार, १९ जेष्ठ २०७७, आहाखबर

    भैरहवा, १९ जेठ । भैरहवाको भीम अस्पतालमा उपचाररत ४ वर्षकी बालिकासहित २५ जना कोरोना संंक्रमित डिस्चार्ज भएका छन् ।

    रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।

    उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएको थियो । उपचारमा आएकामध्ये केहीलाई सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या नरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन दर्नालले बताए ।

    नीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ । डिस्चार्ज भएपछि उनीहरु घर जान पाउने भएको खुशीले अस्पताल परिसरमै नाचगान गरेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast