आईतवार, आषाढ २१, २०७७
    बिदेश

    कोरोनाबाट सर्वाधिक प्रभावित हुने विश्वको सातौं मुलुक भारत

    सोमबार, १९ जेष्ठ २०७७, आहाखबर

    नयाँ दिल्ली, १९ जेठ ।  भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित हुने मुलुकको सातौं नम्बरमा पुगेको छ।

    विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडाले भारत सर्वाधिक कोरोना प्रभावित सातौं मुलुक भएको देखाएको हो।

    संगठनको आँकडा अनुसार भारतमा १ लाख ८२ हजार १ सय ४३ संक्रमित प्रमाणित भइसकेका छन्। यस्तै ५ हजार १ सय ६४ जनाको मृत्यु भएको छ।

    यसैगरी जोन्स हपकिन्स विश्वविद्यालयले भारतमा संक्रमित संख्या दुई लाखको नजिक पुगेको जनाएको छ।

    विश्वविद्यालयका अनुसार भारतमा हालसम्म संक्रमित संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ८ पुगेको छ।

    विश्वमा हाल अमेरिका र ब्राजिल सबैभन्दा धेरै कोरोना प्रभावित मुलुक हुन्। अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख बढी मानिसहरूको ज्यान गइसकेको छ भने १७ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ।

    यसैगरी ब्राजिलमा संक्रमित संख्या ५ लाख बढी भएको छ भने ३० हजारबढीको ज्यान गइसकेको छ।

    यसैगरी पछिल्लो विश्व विवरण अनुसार विश्वमा कोरोना संक्रमित संख्या ६१ लाख नाघेको छ भने ३ लाख ७० हजार बढीको ज्यान गइसकेको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast