आईतवार, आषाढ २१, २०७७
    स्वास्थ्य

    थप ४८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६१५ पुग्यो

    सोमबार, १९ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, १९ जेठ । नेपालमा थप ४८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। याेसँगै नेपालमा संक्रमितको संख्या १६ सय १५ पुगेको छ।

    नयाँ संक्रमित दैलेख, जुम्ला, पाल्पा, रुपन्देही लगायतका जिल्लाका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जनामा कोरोना पुष्टि भएको हो। दैलेखका संक्रमितमध्ये दुई महिला छन्। जुम्लाका १९ जना संक्रमित सबै पुरुष भएका प्रतिष्ठनले जनाएको छ।

    यसको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्न भने बाँकी छ। भैरहवामा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका १९, ३८ र ४० वर्षका पुरुष र रुपन्देहीका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    नेपालमा आइतबार १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो।

    karnali i631IoxsIX

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast